मानव बेचबिखनमा परेका २ सय ८८ जनाको उद्धार

रुपन्देही । नेपालका महिला तथा पुरुषहरू बेचबिखनमा परेकालाई शुभ अवसर ग्राम नेपालले उद्धार गरेको छ ।
नेपालको सीमा नाका हुँदै भारत लगेका २ सय ८८ जना महिला तथा पुरुषहरूलाई उद्धार गरिएको शुभ-अवसर ग्राम नेपालका रुपन्देही परियोजना प्रमुख सत्यनारायण यादवले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०८०/०८१ सालमा १ आर्थिक वर्षमा उद्धार गरिएका मध्ये २ सय २८ जना महिला, ६० जना पुरुष उद्धार गरिको यादवले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये सुरक्षित आवास गृह सेवा प्राप्त गरेका १ सय ८५ जना जसमा महिला, बालबालिका तथा किशोरीहरू १ सय ८० जना, आश्रित बालकहरू ५ जना रहेका छन् ।
जसमा २ सय १९ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने २३ जनालाई सीपमूलक तालिम, १४ जनालाई आय आर्जनका लागि बीउ पुजी सहयोग गरिएको संस्थाले जनाएको छ ।
८१ साल वैशाख २६ गते जम्बुकश्मिरको श्रीनगर गाउँबाट ५ नाबालिग सहित ३५ नेपाली कमैया मजदुर उद्धार नेपाली राजदूतावास सामाजिक कार्यकर्ता आदिको सहयोगको सहयोगमा उद्धार गरिएको थियो । पीडितलाई प्रतिदिन ११ सय आइसी दिने र नेपाली रुपैयाँ ७ हजार अग्रिम दिएर प्रलोभनमा पारी भारतमा लगेका थिए । उनीहरूलाई ३ महिनासम्म हिरासतमा राखिएको पीडितको भनाइ छ ।
८१ साल असार २९ गते ललाइ फकाइ भारत तर्फ लैजाँदै गरेको अवस्थामा सिमानाकाबाट ४ जना बालिका सहित ५ जनाको उद्धार गरेको हो । पुस १३ गते ५ जना युवती भारतको केरलाबाट राष्ट्रिय अनुसन्धान ब्युरो, दिल्ली स्थित नेपाली राजदूतावास, किन इन्डिया र अन्य सरोकारवालाहरूको समन्वयमा शुभ अवसर ग्रामले उद्धार गरेको छ ।
प्रायः खुल्ला सीमा नाकाका कारण आर्थिक अवस्था कमजोर भएका, पारिवारिकरुपमा विखण्डनमा परेका किशोरीहरू, जनचेतनाको अभाव, वैदेशिक रोजगारका कारण मानव बेचबिखनका घटना हुने गरेको सरोकारवालाहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्