तपाईँ सुन्दै हुनुहुन्छः

रेसेफाँट पहिरोमा हराएका एकजनाको शव फेला पर्‍यो

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङको शव घरभन्दा २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज दिउँसो करिब साढे एक बजे उनको शव फेला परेको प्रहरी नायव उपरिक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शनिवार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त शव त्यही पहिरोले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । बगाएर ल्याएको शव कान्छीमाया गुरुङको हुन सक्ने श्रेष्ठको भनाई छ । 

आइतबार बिहान गएको पहिरोमा पुरिएर स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने गोरखा आरुघाटका २४ बर्षीय रमेश परियार बेपत्ता भएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उनीहरूको खोजी कार्यमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button