कोशी प्रदेश: पूर्वाधार तर्फ उल्लेखनीय प्रगति

कोशी । कोशी प्रदेश सरकारले सङ्घीयताको अनुभूति दिलाउन विकास निर्माणको कार्यलाई तीव्रता दिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मुलुकमा सङ्घीयता स्थापना भएपछि ६ वर्षमा गरेका विकास निर्माणबाट आमनागरिकले सङ्घीयताको अनुभूति गर्न पाएका छन् । मन्त्रालयले सडक पूर्वाधार पुल तथा भवन निर्माण साथै बस्ति विकास कार्यलाई जोड दिँदै आएको छ ।
आर्थिकवर्ष ०७५/०७६ देखि आर्थिकवर्ष २०८०/०८१ सम्मको अवधिमा एक हजार एक सय ९९ दशमलव ४४ कच्ची सडक निर्माण सम्पत्र तथा सो अवधिमा प्रदेशका १४ वटा जिल्लामा पाँच सय ५० दशमलव ८९ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको मन्त्रालयका प्रादेशिक सडक पूर्वाधार महाशाखा प्रमुख रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरि १ हजार १ सय १७ दशमलव ०७ सडक मर्मत तथा एक हजार तीन सय ६१ दशमलव १६ किलोमिटर सडकमा ग्राभेल सम्पत्र गरिएको छ ।
आरसिसी/पिसिसी सडक अन्तर्गत २२ दशमलव ४१ किलोमिटर सम्पत्र गरी सोलिङतर्फ एक सय ७२ दशमलव २८ किलोमिटर र सडकको ट्रयाक खुल्ला तीन सय ९७ दशमलव ५ किलोमिटर सम्पत्र भएको छ ।
मन्त्रालयले बहुवर्षीय सडक अन्तर्गत २८ बटा सडक निमार्ण सम्पन्न मोटरेवल पुल ८८ वटा साथै दुईसय वटा झोलुङ्गे पुलको निर्माण सम्पत्र गरि सञ्चालनमा ल्याएको महाशाखा प्रमुख श्रेष्ठले बत्ताउनुभयो ।
सो अवधिमा अवधिमा पाँच हजार पाँच सय ६४ जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण सम्पत्र गरेको छ ।

एक हजार दुई सय ६२ वटा निर्माणाधीन र सामुदायिक-सभा हल तीन सय ७४ बटा सम्पत्र गरी ५७ वटा निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।
मन्त्रालयका सचिव अशोक साहले प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजनाले निर्दिष्ट गरेको लक्ष्य अनुसार जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमका कार्यहरू राजमार्ग अन्तर्गतका प्रदेशस्तरीय बहुबर्षिय सडक र साना आयोजनाहरू र ग्रामीण सडक निर्माण जस्ता कार्य सम्पत्र गरेको बत्ताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्