धनकुटाको महालक्ष्मीमा आगलागी हुँदा तीन घर नष्ट
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।
आगलागी पूर्णरुपमा नियन्त्रणमा आए पनि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण पनि खुल्न नसकेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






प्रतिक्रिया राख्नुहोस्