सौर्य एयरलाइन्सको जहाज दुर्घटना : गृहमन्त्री विमानस्थलमा

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो ।
विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । यस्तै जहाजमा १९ जना सवार रहेको जनाइएको छ ।
जहाज उड्ने बित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तर पूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको र अहिले उद्धार कार्य जारी रहेको बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्