विधायन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथी विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको “विधायन सम्बन्धी विधेयक, २०८० माथी विचार गरियोस्” भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १:०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्