‘सरकारले गर्नुपर्ने कामबारे सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा’(पूर्णपाठ)
रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझाव पत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका समस्याहरूको समाधानका लागि सरकारले तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामबारे सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा एमालेका तर्फबाट सरकारलाई दिइएको सुझाव ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल तथा नागरिक समाजबाट सरकारले तत्काल चाल्नुपर्ने कदम तथा नीतिगत निर्णयबारे ठोस सुझावको अपेक्षा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्थाको सही विश्लेषण गरी विकास र समृद्धिका कामहरूलाई गति दिन सक्ने सुझावहरू प्राप्त भए त्यसलाई कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभयो ।

नेकपा एमालेले दिएको सुझावमा सरकारले तत्काल गर्नुपर्ने, आगामी ३ वर्षभित्र गर्न सकिने र दीर्घकालीन लक्ष्य सहित नीतिगत रुपमा गर्नुपर्ने सुधारहरू समेटिएको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

एमालेले बुझाएको सुझावमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, विकास निर्माणका कामलाई तीव्रता दिन, युवालाई देश भित्रै रोजगारी सृजना गर्न र अर्थतन्त्र चलायमान बनाउन सरकारले गर्नुपर्ने कामहरू समेटिएको छ ।

यस्तै सुझावमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, भूमिहीन किसानका समस्या समाधान गर्ने, सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लगायतका विभिन्न विषयमा सुझावहरू केन्द्रित रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
तस्बिर : मिलन ढुङ्गाना
प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझाव पत्र (पूर्णपाठ):








प्रतिक्रिया राख्नुहोस्