‘कुसंस्कारको अन्त्य नभएसम्म मर्यादामा आधारित समाज बन्न सक्दैन’
युवा तथा खेलकुुद मन्त्री जगतबहादुर सुुनार (विश्वकर्मा) ले वर्ण व्यवस्थामा आधारित कुसंस्कारको अन्त्य नभएसम्म मानव मर्यादामा आधारित समाज निर्माण हुन नसक्ने बताउनुुभएको छ ।
आज सिंहदरबारमा आयोजित क्रियाशील दलित पत्रकार संघ संगको छलफल कार्यक्रममा मन्त्री सुुनारले वर्ण व्यवस्थामा आधारित समाज व्यवस्थाले दलित मात्र नभई सबै समुुदाय प्रताडित भएकोले विकृति हटाउन पनि सबै लाग्नुुपर्ने बताउनुुभयो ।
उहाँले युुवा पुुस्ताले एकताबद्ध भई न्यायमा आधारित समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा संघका अध्यक्ष पवित्रा सुनारले सामाजिक विभेद, युुवा पत्रकारहरुको क्षमता विकास गरी ओझेलका मुुद्दा मूलप्रवाहीकरणका लागि आफूहरु संगठित भएको बताउनुुभयो ।
कार्यक्रममा संघका उपाध्यक्ष टिकाराम सनार, सचिव विश्वास खड्काथोकी, कोषाध्यक्ष विष्णुु विश्वकर्मा, सदस्य मिलन विश्वकर्मा र रमेश टमाट्टाले संघले संगठन विस्तार एवं नीति तथा कार्यक्रमलाई संगसंगै अगाडी बढाएको बताउनुुभयो ।
कार्यक्रममा मन्त्री विश्वकर्मालाई युवा पत्रकारहरुको क्षमता विकास, विभेदविरुद्ध सामाजिक जागरणलगायतका विविध सवालमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्