तपाईँ सुन्दै हुनुहुन्छः

सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जित्यो

झापा । झापामा आयोजना गरिएको तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको खेलमा मछिन्द्रको लागि बिमल घर्ति मगरको एकमात्र गोल निर्णायक बन्यो ।

ए डिभिजन लिगको उपाधि जितेको केही हप्तामा नै मछिन्द्र सताक्षी गोल्डकपको उपाधि जित्न सफल भएको छ । केही समयअघि सम्पन्न ए डिभिजन खेलमा मछिन्द क्लबले नेपाल आर्मीलाई फाइनलमा पराजित गर्दै ए डिभिजन लिगको उपाधि जितेको थियो ।

आइतबार सम्पन्न फाइनल खेलको पहिलो मिनेटमा नै मछिन्द्रका सोमेडेलाई थ्री स्टारका डिफेन्डरले डि बक्सभित्र लडाएपछि मछिन्द्रले पेनन्टीको अवसर पाएको थियो । उक्त अवसरलाई मछिन्द्रका खेलाडी बिमल घर्ति मगरले गोलमा परिणत गरेका थिए ।

मछिन्द्रले सताक्षी गोल्डकपको विजेता बन्दै ६ लाख नगद प्राप्त गरेको छ भने उपविजेताको रुपमा थ्री स्टार क्लबले ३ लाख प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button