प्रधानमन्त्रीको जन्मदिन मनाउन उर्लियो मास

आठराई, तेह्थुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन उहाँको जन्मघर आठराईमा जनमास उर्लिएको छ ।
आज बिहानैदेखि भेला भएका मानिसहरु प्रधानमन्त्रीको प्रतिक्षामा छन् । प्रधानमन्त्री ओली पाँचथरको कुम्यायक गाउँपालिकाको केन्द्र याशोक बजार हुँदै आठराई आउन लाग्नुभएको हो ।
उहाँले पाचथरको सुख्खाग्रस्त कुम्यायकमा लिफ्टिङ प्रविधिवाट तमोर नदीवाट ल्याएको खानेपानी योजनाको उदघाटन गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिन आफु जन्मिएकै ठाँउमा मनाउन लाग्नुभएको हो ।
ओलीको जन्मघर अगाडि मञ्च बनाइएको छ भने खानेपानी आयोजना र नेपाल बैंकको कार्यालय शिलान्यासका लागि तयारी गरिएको छ । तेह्थुम, ताप्लेजुङ, पाँचथर, इलाम धनकुटादेखिका जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ता जन्मोत्सवकालागि भेला भएका छन् । ओलीको जन्मोत्सवकालागि बारीका कान्लादेखि हेलिप्याड आसपाससम्म मानिसहरुको ठुलो उपस्थिति छ ।








प्रतिक्रिया राख्नुहोस्