तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यक परे सबै कुराको जवाफ दिन तयार छु :गृहमन्त्री

 विराटनगर । गृहमन्त्री रवी  लामिछानेले प्रतिपक्षले उठाएका विषयमा  जवाफ दिन आफु तयार रहेको बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त  कुरागर्दै उहाँले हिजो पनि  आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएका भोली प्रतिपक्षले  कुनै विषय उठाए सो कुराको  जवाफ दिनुपर्ने ठाउँमा जवाफ दिने बत्ताउनुभयो । उहाँले आवश्यक परे सबै कुराको जवाफ दिन आफु तयार रहेको बत्ताउनुभयो । 

एक प्रश्नमा उहाँले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम  नलिएको र  कुनै पनि प्रकारको आरोप नलगाएको  प्रष्ट  पार्नुभयो ।  आफूले सञ्चारमाध्यम यस्ता  कुराहरू आएका  छन् मात्र  भनेको हो कुनै दलको नेताको नाम आफूले लिएको भन्ने थाहा नभएको बत्ताउनुभयो ।  पत्रिकामा  यस्ता कुराहरू  आएका छन् भन्ने कुरा आफूले गरेको बत्ताउनुभयो । 

एक अर्को प्रश्नमा उहाँले आफ्नो विषयमा कस-कसले के के भन्छ भन्दैमा सबै कुराका जवाफ दिनु थाल्ने हो भने आफूले काम कहिले गर्ने भनि पत्रकारहरूलाई प्रतिप्रश्न गर्नुभयो ।  बनावटी प्रश्नभन्दा पनि मन्त्रालयले  तिन महिनाको अवधिमा  गरेको काम तथा विपद् व्यवस्थापक लागि सरकारले गरिरहेको कामको बारेमा प्रश्न  सोध्न उहाँले आग्रह गर्नुभयो ।

गृहमन्त्री  लामिछाने आज विराटनगरमा हुने कोशी  प्रदेशको सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आउनु भएको हो । दिउसो तिन बजे शुरु  हुने सुरक्षा बैठकमा  सहभागी हुन नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राष्ट्रिय  अनुसन्धान लगायत विभिन्न सुरक्षा निकायका  प्रमुख कोशी प्रदेशका  १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु विराटनगर आइसक्नु भएको छ । बैठकमा  कोशी प्रदेशका १४ वटै जिलाका सुरक्षाको अवस्था सिम क्षेत्रको अवस्था  तथा चोरी निकासी  नियन्त्रण थप प्रभावकारी बनाउँदै शान्ती  सुरक्षा सुद्धिढ बनाउने  विषयमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button