तपाईँ सुन्दै हुनुहुन्छः

साकेला, केलाङ उभौली महोत्सव (तस्बिरहरु)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लेउती रहेको सिंहदेवी सिंहसिला, साकेला केलाङ पार्कमा एक दिने साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

पार्कमा साकेला, केलाङ, उभौली पूजाको अवसरका महोत्सवको आयोजना गरिएको हो ।

लेउती जलाधार प्राकृतिक–साँस्कृतिक प्रवद्र्धन समितिको आयोजनामा भएको महोत्सवमा किँरातीहरुको विभिन्न साँस्कृतिक झाँकीसहित साकेला नाच र ढोल नाच प्रस्तुत गरिएको थियो ।

आ–आफ्नो कला संस्कृतिलाई जोगाई राख्न साथै पर्यटनहरूलाई आकर्षित गर्न पार्क निर्माण गरिएको र साकेला, केलाङ उभौली साँस्कृतिक महोत्सवको आयोजना गरिएको लेउती जलाधार प्राकृतिक–साँस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताउनुभयो ।

सो अवसरमा साकेला र केलाङ स्तम्भको उद्घाटन गर्दै कोशी प्रदेशकी पूर्व मन्त्री निर्मला तावाले किराँतीहरूको बहुसाँस्कृतिक स्थलको प्रदर्शन साथै निर्माणका कारण पर्यटनहरू आकर्षित हुने बताउनुभयो ।

उहाँले पर्यटकहरूको आगमनले आर्थिक वृद्धि साथै कला संस्कृति संरक्षणमा टेवा पुग्ने बताउँदै यस्ता पार्कहरू निर्माणमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सबैको संस्कार संस्कृति संरक्षणमा गाउँपालिका लागि रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button