चट्टान खस्दा चुमनुब्री जानेबाटो बन्द
गोरखा। जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित कालोभीरमा माथिबाट चट्टान खस्दा चुमनुब्री गाउँपालिका जाने एकमात्र बाटो बन्द भएको छ ।
सुख्खा पहिरो खसेर बाटो बन्द भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । चट्टान पन्छाउन सेनालाई खबर गरिएको उहाँको भनाई छ । बेनिघाट लार्के सडक खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । पहिरोका कारण मनास्लु पदयात्रामा निस्केका पर्यटकहरू र स्थानीय मानिसहरू मर्कामा परेका छन् ।
पहिरोले ७ मिटर बाटो ओगटेको छ । पहिरो ४० मिटर माथिबाट खसेको थियो । पहिरो लगत्तै उक्त क्षेत्रबाट आवत जावत गर्ने सवारी तथा सर्वसाधारण रोकिएका छन् ।
दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीका अनुसार पहिरो हटाउन मेशिन त्यस तर्फ गएकोले केही बेरमा नै सवारी आवत जावत र मानिसहरू हिँडडुल गर्न सहज हुने मेजर विनोद भट्टले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्