अपाङ्गता भएका नागरिकलाई बाख्रा वितरण
अछाम।अछामको मङ्गलसेन नगरपालिकाका विभिन्न वडाका अपाङ्गता भएका नागरिकलाई बाख्रा वितरण गरिएको छ । मङ्गलसेन नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आर्थिक सहयोग र अपाङ्ग समूह मंगलसेको समन्वयमा ८ वटा वडाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो ।
वडा न २, ६, ७, १०, ११ र १४ का ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई आय आर्जनमा सहज बनाउने उद्देश्यले ८ जनालाई १६ वटा बाख्रा वितरण गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख मञ्जु महतले बताउनुभयो । अघि बर्ष अन्य वडाका अपाङ्गता भएका नागरिकलाई वितरण गरिएको र बाकी रहेका वडा नागरिकलाई यस वर्ष वितरण गरिएको जानकारी गराउनु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरू अन्य ठुलो काम गर्न नसक्ने भएकाले बाख्रा पालन गरि आफ्नो सामान्य घर खर्च चलाउन सहज बनाउने आफूहरू उद्देश्य रहेको भन्दै यसको प्रभावकारिता बढ्ने विश्वास ब्यक्त गर्नुभएको छ । यसरी दिएका बाख्राहरू काटेर खाने, बेचीदिने समस्या छ यसलाई न्युनिकरण गर्न के गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाले वितरण गरिएका बाख्राहरुको अनुगमनका लागि एक समिति बनाई पटक पटक अनुगमन गरिने बताउनु भएको छ । विगतमा पनि यस्ता समस्याहरू देखिएकाले अब यसो हुन नदिन अनुगमनको पाटोलाइ प्रभावकारी बनाइने शाखा प्रमुख महतको भनाई छ ।
बाख्रा वितरण कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न १४ का अध्यक्ष शिव बहादुर सोडारी, अपाङ्ग समूहका अध्यक्ष रुद्र बहादुर वि.क लगायत लाभग्राहीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्