बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैनः अध्यक्ष दाहाल
रासस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्णालीलाई विशेषरुपले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुरा गनुहुँदै अध्यक्ष प्रचण्डले पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको बताउनुभयो ।
उहाँले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा तत्काल कुनै छलफल नभएको स्पष्ट गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्