तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीको कारण एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मङ्गलवार बिहान आएको हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका(२,ट्याङ्की दमारमा हावाहुरीका कारण रुखको हाँगा भाँच्चिएर लाग्दा २२ वर्षीय राम बहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मङ्गलवार बिहान करिब ११ः३० बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा अचानक आएको हावाहुरी तथा पानीको कारण साजको रुख भाँच्चिएर लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान तथा मुचुल्का गरि लास पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button