तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: संवैधानिक परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश भएको छ । 

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्नु भएको हो ।  

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button