तपाईँ सुन्दै हुनुहुन्छः

निउरो टिप्न गएका युवक बाघको आक्रमणबाट घाइते 

चितवन । चितवनमा निउरो टिप्न जाने क्रममा एक युवक बाघको आक्रमणबाट घाइते भएका छन् । आइतबार बेलुका ५ बजेको समयमा वनमा निउरो टिप्न गएका भरतपुर–११ कुमालकोठी बस्ने २९ वर्षीय सुमन कुमाललाई बाघले आक्रमण गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित जनजागृति सामुदायिक वनमा निउरो टिप्न जाँदा कुमाललाई एक्कासी आक्रमण गरेको थियो । बाघको आक्रमणबाट कुमालको मुख र दाहिने हातमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button