विपन्न जेहन्दार बिद्यार्थीकालागी १३ लाख बढीको अक्षय कोषको स्थापना
नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र नमुना माध्यमिक विद्यालयले गरिब तथा विपन्न उत्कृष्ट बिद्यार्थीहरुको छात्रवृत्तिका लागि १३ लाखको अक्षय कोष बनाउने निर्णय गरेको छ ।
विद्यालयले ५० औ बर्ष पार गरेको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवबाट सङ्कलित रकम मध्येबाट उक्त कोष निर्माण गरिने निर्णय भएको स्वर्ण जयन्ती मुल समारोह समितिका संयोजक संविधान सभा सदस्य बिक्रम खनालले जानकारी दिनु भयो ।विद्यालयमा ८ सय ५० विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।
स्वर्ण जयन्तीमा विभिन्न सहयोगी दाताबाट कुल ५३ लाख ८१ हजार ४ सय ५० उठेकोमा रु ३६ लाख ४५ हजार ३ सय ८ रुपैयाँ खर्च भएको र बाकी १७ लाख ३६ हजार १ सय ४१ रकम बचत भएकोमा सोही मध्येबाट १३ लाख ४३ हजार १ सय ७२ रुपैयाँ रकम गरिब तथा जेहन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले शनिबार स्वर्ण जयन्तीको आय व्यय सार्वजनिक कार्यक्रमको आयोजना गरि उक्त कुरा जानकारी गराएको हो ।







प्रतिक्रिया राख्नुहोस्