तपाईँ सुन्दै हुनुहुन्छः

राससको ५९ औं वाषिकोत्सव सम्पन्न

काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि निजीक्षेत्रको तुलनामा राज्यका संचार माध्यमहरु बलियो हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ५९ औं वार्षिकोत्सव समारोहमा मन्त्री गुरुङले प्रतिस्पर्धाको युगमा राज्यका संचार माध्यमहरुले राष्ट्रप्रति जिम्मेवार भएर प्रभावकारी र गुणस्तरीय समाचार सम्प्रेषण गर्न सकेमा मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले राष्ट्रिय संचार मध्यमहरुको संस्थागत विकासका लागि प्रविधिको विकाससँगै कर्मचारीहरुको वृत्ति विकासमा पनि सरकारले ध्यान दिने बताउनुभयो ।
उहाँले राससको कानुनी, संरचनागत र प्रक्रियागत सुधार र त्यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालयल सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी श्यमालले राससले समाचार बैंकका रुपमा रहेर गुणस्तरीय, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको जानकारी दिंदै यसको विश्वसनियतालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन नयाँ ऐन आवश्यक रहेको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा राससमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button