तपाईँ सुन्दै हुनुहुन्छः

गाडी भाडामा ५० प्रतिशत छुट नपाएको ज्येष्ठ नागरिकको गुनासो

दाङ । तुलसीपुरका ज्येष्ठ नागरिकले गाडी भाडामा ५० प्रतिशत छुट नपाएको गुनासो गरेका छन् । तुलसीपुरमा स्थानीय जनप्रतिनिधि र ज्येष्ठ नागरिकबीच भएको छलफल उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

छलफलमा सहभागी ज्येष्ठ नागरिकले राज्यले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधा सम्बन्धित निकायले कार्यान्वयन नगरेको गुनासो गरेका हुन् । उनीहरूले सार्वजनिक यातायातको भाडामा पाउनुपर्ने ५० प्रतिशत छुट कार्यान्वयन नगरिएको भन्दै त्यसलाई कार्यान्वयन गराइदिन आग्रह गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले सार्वजनिक यातायातमा चढ्दा आफूहरूले भाडामा ५० प्रतिशत छुट नपाएको भन्दै आफ्नो अधिकार माग्दा गाडी स्टाफको दुर्व्यवहार खेप्नुपरेको गुनासो गर्नुभयो । ज्येष्ठ नागरिक ललितबहादुर वलीले ज्येष्ठ नागरिकलाई समाजमा सम्मानजनक व्यवहार गर्ने वातावरण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले ज्येष्ठ नागरिकको सम्मान बिना सभ्य समाजको कल्पना गर्न नसकिने बताउनुभयो । ‘ज्येष्ठ नागरिकको सम्मान नगर्ने मान्छे असल नागरिक हुन सक्दैन । नगर प्रमुख खड्काले भन्नुभयो—‘सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सम्मान अनिवार्य शर्त हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button