सीता एअरले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते

मुगु । मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा विमान कै कर्मचारी घाइते भएका छन् ।
बिहीबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम शक्त घाइते भएका हुन ।
भाम विमानका चालकहरूलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा सामान्य घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराउनु भयो ।
घाइते अवस्थामा रहेका भामलाइ सीता एअरकै विमान मार्फत उपचारका लागि नेपालगन्ज लिइएको छ । घाइते भामको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्