तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिणी म्यान्मामा खाद्य विषाक्तताका कारण ४० भन्दा बढी अस्पताल भर्ना

याङ्गुन। दक्षिणी म्यान्माको अय्यारवाडी क्षेत्रमा खानामा विषाक्तताका कारण ११ बालबालिका सहित ४५ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय उद्धार संस्थाका एक अधिकारीले बताएका छन् ।

उक्त क्षेत्रको लबुट्टा नगरपालिकाका पीडितहरू सोमबार मसलादार अण्डाको तरकारी खाएपछि बिरामी परेको ती अधिकारीले बताए ।

प्रभावितमा दैनिक मजदुर र उनीहरूका परिवारका सदस्यहरू रहेका छन् । मजदुरहरूले आफ्नो कार्यस्थलमा तरकारी प्राप्त गरकोे र परिवारसँग बाँड्न घर ल्याएका थिए ।

एकतीस जना पीडितलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको अधिकारीले बताउनुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button