बाँकेमा अझै सुचारु भएन बिधुत सेवा, लाइन मर्मत कार्य जारी
बाँके। भीषण हावाहुरी र वर्षाका कारण बाँकेको बिद्युत् सेवा अवरुद्ध भएको छ । प्रायः जसो सबै स्थानमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुग्न जाँदा बिद्युत् सेवा अवरुद्ध भएको विधुत प्राधिकरणले जनाएको छ ।
हाल क्षतिको पोल र लाइनको मर्मत भइरहेको नेपाल बिद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । सयौँ थान पोल ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएकोले मर्मत कार्य तीव्र गतिमा भइरहेकोले छिट्टै लाइन सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ । बिद्युत् सेवा सुचारु गर्न समय लाग्ने भएकाले धैर्य गरेर बस्न प्राधिकरणले ग्राहकहरूलाई आग्रह गरेको छ ।
सोमबार बेलुका आएको हावाहुरीले लाइनको पोल त तारमा क्षति पुर्याए पछि प्राधिकरणले लाइन काटेको थियो भने हल सम्म लाइन सञ्चालनमा आउन नसकेको हो ।








प्रतिक्रिया राख्नुहोस्