तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधि डोजर लिएर अतिक्रमित खोलानाला सफाई अभियानमा जुटे

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले बर्षायाम सुरुहुनु अगावै खोलानाला सफाई अभियान सुरु गरेको छ ।नगरका विभिन्न स्थानमा बाढी पस्ने त्यसले बर्सेनि उत्पन्न गर्ने क्षति न्यूनीकरणका लागि खोला सफाई सुरु गरिएको हो ।कतिपय स्थानमा खोला नाला अतिक्रमित भएकाले नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहित जनप्रतिनिधिहरू साफाई गर्न डोजर सहित विभिन्न स्थानमा पुगेका छन् ।

बर्दघाट नगरपालिका वडा नं ९ र ११ को सिमाना सुनटाँडीमा डोजर चलेको छ । बर्दघाट नगरपालिकाले नगरभित्रका खोला र घोला सफाइ गर्ने क्रममा डोजर चलाइएको हो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पानीको निकास सँगै डुबान बाट हुने जोखिम हुन नदिन सफाई अभियान गरिएको बताउनु भयो ।”कतिपय स्थानमा खोलानाला अतिक्रमित भएर पानीको निकास नै छैन,सडक बनाउँदा समेत साबिकका कुला नाला र निकास पुरिएको अवस्था छ।त्यसैले यो जरुरी छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

साबिकका खोला र घोलाको सफाइ गर्ने अभियान सुरु गरिएको बताउनु भयो । ‘बर्दघाट नगरले खोला र घोला सफाइलाई तीव्रता दिइरहेको छ । अहिले वडा नम्बर ९, ११ र ४ मा रहेका घोलाहरु आज र भोलि सफाइ गर्दैछौं ।’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो । बर्खा अगाडि नै बर्दघाटलाई डुबान बनाउने खालका घोला सफाइ गरिसक्ने गरि बर्दघाट नगरपालिका अगाडी बढेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।खोला सफाई नभै वर्षा याममा पानीको सतह माथी आउँदा दुई बर्ष अघि बर्दघाट ४ को बाडीपीडित क्षेत्र लगायतका केही बस्ती डुबानमा परेका थिए ।

नगरबासीबाट खोला र घोलाका कारण डुबान भएको गुनासो व्यापक रुपमा बर्सेनि आउने गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ सुनटाडीका स्थानीयले धेरै पटक घोला सफाइ नभएका कारण डुबानमा परेको गुनासो गरेपछि अहिले सुनटाडी बाट नै घोला सफाइ सुरु गरिएको वडा अध्यक्ष चन्द्रकान्त चापागाईँले बताउनु भयो ।

‘मैले गत बर्सनै घोला सफाइमा लाग्न खोजेको हो । घोलाको कारण ले धेरै विवाद भयो । केही साथीहरू आवेसमा पनि आउनु भयो त्यसैले गत बर्ष सफाइ गर्न सकिएन अहिले सहमति मै घोला सफाइ गरेका छौँ ।’ चापागाईँले भन्नुभयो ।साबिकका खोला र घोलालाई सफाइ गर्दै अभियानका रुपमा अगाडि बढाइने बर्दघाट नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button