तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नीति तथा कार्यक्रमको प्रस्तुती, राजनीतिक सहमतिको प्रयास लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहान टेलीफोनवार्ता मार्फत राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको सभामुख घिमिरेलाई जानकारी गराउँदै सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुख घिमिरेलाई जानकारी गराउनुभएको थियो ।

सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गर्नुभएको थियो ।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिनुपर्ने र नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button