गोरखामा सेतो पुतलीबाट जोगिन आँखा चिकित्सकको आग्रह
गोरखा । गोरखामा दुई दिन यता सेतो पुतली देखिन थालेपछि यसबाट जोगिन आँखा चिकित्सकले आग्रह गरेका छन् । बिहीबार देखि आँखा उपचार केन्द्रमा शापुका बिरामी प आउन थालेका गोरखा आँखा उपचार केन्द्रका बालकृष्ण पोखरेलले बताउनुभयो ।
गोरखा दरबार क्षेत्रमा सेतो पुतली (शापु) को हुल देखिएको छ । मन्दिरमा आउने बालबालिकाहरू यसबाट प्रभावित हुने गरेका गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो ।
मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेका छन् । ‘सेतो पुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्ने आँखा चिकित्सकहरूको भनाई रहँदै आएको छ । खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ ।
सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स (शापु) नामको आँखाको संक्रमण गराउँछ । यसले आँखाको ज्योतिसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्