तपाईँ सुन्दै हुनुहुन्छः

सुनवलमा नदीजन्य पदार्थ चोरी गर्ने टिप्परलाई ३ लाख जरिवाना

नवलपरासी,पश्चिम् । नवलपरासी । पश्चिम नवलपरासीको सुनवालमा नदीजन्य पदार्थको चोरी गर्दा ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

सुनवल १३ बडेरा खोलामा नदी जन्य पदार्थको चोरी गर्दै गरेर नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा पानभारबाट ३ वटा टिप्परहरु नियन्त्रण लिइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

बुधबार सुनवल नगरपालिका वडा नं. १३ स्थित बडेरा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुङ्गा) लोड गर्दै गरेको अवस्थामा फेला पारी तीन (३) वटा टिप्परहरू नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका लु २ ख ३८६०, प्र. – ०२- ०३००१ ख ६३२७ र प्र.-०२-०३००१ख ४६६८ नम्बरका ३ वटा टिप्परलाई उक्त जरिवाना तिराइएको हो ।एक बिल्डर्स कम्पनीमा उक्त पदार्थ पुर्‍याउन थालिएको खुल्न आएको छ ।

जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आइरहेको समयमा चोरी गर्दा गर्दै ३ वटा टिप्परहरु नियन्त्रणमा परेका हुन ।नदीजन्य पदार्थको चोरी निकासी गर्नेहरूलाई केही राजनीतिक दलका स्थानीय नेतृत्वले संरक्षण गर्दै आइरहेको स्थानीयको गुनासो रहेको छ ।

सुनवल,प्रतापपुर र बर्दघाटमा नदीजन्य पदार्थमाथी दिनदहाडै राईदाई हुँदै आएकोमा पछिल्लो समय सम्बन्धित निकायहरूले यस तर्फ तदारुकता देखाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button