पूर्वमन्त्री गुरुङको निधन

ताप्लेजुङ । पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको ८४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको हिमाल अस्पताल कमल पोखरीमा उपचारको क्रममा मङ्गलवार दिउँसो निधन भएको नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहाङले बताउनुभयो ।
विक्रम संवत् १९९७ सालमा जन्मेका गुरुङले २०१८ सालमा काँग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गर्नुभएको थियो । साथै २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा गरी कारागारका कैदीबन्दी भगाइदिएका दिनुभएको थियो ।
२०३९ सालदेखि ४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति हुनुभयो । २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन भइरहँदा उहाँले पञ्च¥याली समेत निकाल्नुभएको कांग्रेस ताप्लेजुङका पूर्व सभापति केशव बताउनुहुन्छ । गुरुङ २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा कांग्रेस प्रचारप्रसार विभागको जिम्मेवारीमा हुनुहुन्थ्यो । २०५७ देखि ६७ साल सम्म १० वर्ष कांग्रेस ताप्लेजुङको पार्टी सभापति हुनुभयो ।
२०६४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्य, २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकास मन्त्री बन्नुभएको गुरुङको फुङलिङ नगरपालिका–६ पुर्ख्यौली घर भएका गुरुङ हाल काठमाडौँ बस्दै आउनुभएको थियो । गुरुङको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । गुरुङको शव टिचिङ अस्पतालको शव गृहमा राखिने र विदेशमा रहनुभएका छोराहरू आएपछि अन्त्येष्टि गरिने गुरुङ परिवारले जनाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्