तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता दिवसको अवसरमा ५ पत्रकार सम्मानित

मोरङ । कोशी प्रदेश सरकारले आज पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका ५ जना अग्रज पत्रकारहरूलाई नगद १ लाखसहित सम्मान गरेको छ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीका अग्रज पत्रकारहरू भीमलाल मेम्वाङ, महेश्वर चाम्लिङ राई, अनन्तराज न्यौपाने, रमेश चन्द्र अधिकारी, पि. वि. दियालीलाई सम्मानपत्र र नगद १ लाखसहित सम्मान गर्नुभयो।

कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button