तपाईँ सुन्दै हुनुहुन्छः

लाइफ टाइम अचिभमेन्ट अवार्ड मल्ललाई प्रदान गरिने

पोखरा । ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफ टाइम अचिभमेन्ट अवार्ड एथलेटिक्सकी ईन्द्रा मल्ललाई प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको उक्त अवार्ड वैशाख २८ गते वितरण गरिने भएको हो ।

प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित उक्त अवार्डबाट सम्मान गरिने छ । यस अघि उक्त अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्या प्रसाद मर्सानीलाई सम्मान अर्पण गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button