तपाईँ सुन्दै हुनुहुन्छः

नगरबासीको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले मोतियाबिन्दु भएका नगरबासीको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

नगरपालिकाले सदरमुकाम परासिमा रहेको बिनोद निता कण्डेल आँखा अस्पताल सँग सम्झौता गरी उपचारमा लागेको खर्च नगर आफैले बेहोर्ने छ ।शल्यक्रियाका लागि सात लाख रकम बिनियोजन गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

“मूलतः आर्थिक रूपले विपन्नता भएकै कारण मोतियाबिन्दुले ज्योति गुमेकाहरूको दृष्टि फर्काउन यसले मद्दत मिल्ने विश्वास लिएका छौ”नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।ज्येष्ठ नागरिक सहित यो सुविधा समस्या भएका सबैले लिन सक्ने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

शल्यक्रियाका लागि आफू बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट सिफारिस लैजानु पर्ने र बिल भर्पाईका आधारमा अस्पताललाई रकम प्रदान गरिने नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button