६ सय बढीको निःशुल्क स्वास्थ्य जाँच
नेपालगञ्ज । नेपालगञ्जमा ६ सय बढीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१८ तेजनगरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित भएका हुन् ।
स्थानीय मनकामना माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर १, १८ र जानकी गाउँपालिका–३ लगायतका विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण नागरिक निःशुल्क स्वास्थ्य परीक्षण, औषधि र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्यतर्फ १ सय ४ जना पुरुष र १ सय ७१ जना महिला सहित २ सय ७५ जनाको परीक्षण गराएका थिए भने आँखातर्फ १ सय ५४ जना पुरुष र २०० जना महिला समेत ३ यस ५४ जनाले आँखा परीक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिएको जानकारी अनुसार उक्त शिविरमा सबैभन्दा बढी उमेर ८१ वर्षका पुरुष र ८० वर्षकी वृद्धा महिलाले पनि स्वास्थ्य परीक्षण र आँखा परीक्षण गराएका थिए भने शिविरमा सबैभन्दा कम उमेर १ वर्षकी बालिका र १८ महिना वर्षको बालकले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा नेपालगञ्ज मेडिकल कलेजका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्मा, स्वास्थ्य सहायक सुनिल धोबीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्