तपाईँ सुन्दै हुनुहुन्छः

एमाले झापाको ११ औँ अधिवेशन चैत १५ गतेदेखि हुने

झापा । नेकपा (एमाले) झापाको ११औँ जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ ।

बिर्तामोडको अग्रसेन भवनमा हुने अधिवेशनका लागि हल तथा मञ्च व्यवस्थापन सहित सजावटको कार्य भइरहेको संयोजक नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताउनुभयो ।

जिल्ला कार्यालयका अनुसार पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागिता जनाउने छन् ।

जिल्ला अधिवेशनको उद्घाटन समारोहमा झापाको पार्टी जीवनका अनेकन कालखण्डमा भूमिका खेल्ने नेतृत्वहरू, सामाजिक, सांस्कृतिक, कृषि, खेलकुद, गीत सङ्गीत आदिमा योगदान गरेका करिब दुई दर्जन व्यक्तित्वहरूलाई सम्मान गर्ने तयारी गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यालयको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button