तपाईँ सुन्दै हुनुहुन्छः

जन्मकैद भएको २२ बर्षपछी पक्राउ

नवलपरासी,पश्चिम् । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले सर्वस्व सहित जन्मकैद फैसला भएका प्रतिवादीलाई २२ बर्षपछी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नम्बर १६ घर भएका बर्ष ४२ का करण गुरुङ रहेको प्रहरीले जनाएको छ ।२०५८ कार्तिक १५ गते सोही ठाउँ निवासी बुद्धिजंग रानालाई गुरुङ सहित ४ जनाको समूहले गोली प्रहार गरेपछि रानाको उपचारका क्रममा मृत्यु भएको थियो ।

सांस्कृतिक कार्यक्रममा पार्किङमा राखिएको बाइकको हेलमेटका विषयमा विवाद हुँदा घटना भएको थियो ।मृतक रानालाई गुरुङ लगायत ४ जनाको समूहले मोटरसाइकल रोकि गोली प्रहार गरेको प्रहरीको भनाई छ ।

जिल्ला अदालतले २०६६ असार २८ गते प्रतिवादी गुरुङलाई सर्वस्व सहित जन्मकैदको सजाए सुनाएकोमा गुरुङ हाल सम्म फरार रहेका थिए ।पक्राउ परेका उनलाई सजाय भुक्तानका लागि जिल्ला अदालत पेश गरिएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button