माओवादी पदाधिकारी बैठक : महरा पक्राउबारे छलफल
काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको पक्राउका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा महराको पक्राउको विषयमा पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्नुभएको तर कुनै ठोस निष्कर्ष न निस्किएको माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र महरा पक्राउका विषयमा जानकारी गराउनुभएको थियो ।
पक्राउ परेका महरालाई पदबाट निलम्बन गर्ने कि के गर्ने सम्बन्धमा बैठक निष्कर्षमा नपुगेको तर विभिन्न कोणबाट धारणा आएको प्रवक्ता सापकोटाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्