तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा स्वयम्भू महाचैतकाे पूर्णाहुती पुजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतकाे मूल छत्र-गजुर जीर्णाेदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाईत गरिने पूर्णाहुती पुजामा सहभागी हुनुभएको छ । 

स्वयम्भू  व्यवस्थापन तथा संरक्षण  महासमितिले आयोजनामा गरेको  सो पुजामा पछि मूल छत्र जीर्णाेदवारमा सहयोग गर्ने १० जनलाई प्रशंसापत्र राष्ट्रपति पौडेलले वितरण गर्नुभएकाे थियो । 

महाचैतकाे मूल छत्र २०७९ काे हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा  रहेको हारती माताको समेत पूजा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button