सुस्ता : हजुरबुवा नातिको हत्या गर्ने दुईजना पक्राउ

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको सुस्तामा एक महिना अघि हजुरबुवा र नातिको हत्या गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले घटना घटेको एक महिनापछि सुस्ता गाउँपालिका-३ मर्चहवामा हजुरबुवा र नातीको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न रहेका स्थानीय २९ वर्षीय अजय धरिकार र बर्ष २० चन्दन हरिजनलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
गत फागुन १ गते नारायणी नदी किनारमा छाप्रोमा बसेर खेतीपाती गर्दै आएका ६५ वर्षका हजुरबुवा यक्षलाल चमार र ११ वर्षका नाती गौचरण चमारको धारिलो हतियार प्रयोग गरेर बीभत्स हत्या भएको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले छिमेकीसँगको रिसिबिको बदला लिने क्रममा दुवै जनाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो ।
छिमेकी अन्य व्यक्तिसँग झगडा भएको तर उक्त व्यक्ति माथी आक्रमण गर्ने उद्देश्यले कुरेर बसेपनि ती व्यक्ति नआएपछि, उसैलाई फसाउने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनिहरुसग झैझगडा भएका छिमेकीलाई हत्या गर्न कुरेर बसेपनि, ती व्यक्ति नआएपछि उसैमाथि प्रहरीले शङ्का गर्न सक्ने आँकलन गरेर नजिकै बस्ने हजुरबुबा र नातीको हत्या गरि गाउँमै बसेको प्रहरी अनुसन्धान बाट खुल्न आएको छ।
दुवैजनामाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्