तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ । 

यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो । दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो । 

सभामुखले सो अनुमति दिने बित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button