राष्ट्रियसभाका नवनियुक्त अध्यक्ष दाहालद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अध्यक्ष दाहाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, मन्त्रीगण तथा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।









प्रतिक्रिया राख्नुहोस्