कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली काँग्रेसले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्