तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन आक्रमणको आलोचना गरेको भन्दै रुसद्वारा पत्रकारलाई कारागार चलान

कोरोलोभ।  रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ । 

एकाउन्न वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरियो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानूनहरूको प्रयोग गरेको छ । 

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भन्नुभयो, “शान्ति र स्वतन्त्रता ।” उहाँका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, “हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।”

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गर्नुभएको थियो । उहाँलाई गत वर्ष पक्राउ गरिएको थियो र उहाँले आफू निर्दोष रहेको बताउनुभएको थियो । 

“रुसमा पत्रकारिता अब अवस्थित छैन”, पछिल्लो सुनुवाइमा अदालतलाई दिनुभएको अन्तिम बयानमा उहाँले भन्नुभयो, “हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।”

इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्नुहुन्थ्यो तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उहाँलाई बर्खास्त गरिएको थियो ।  

बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उहाँको रिपोर्टिङको प्रतिशोधका रूपमा उहाँविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताउनुभयो । “उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो”, अल्ला इभानोभाले भन्नुभयो, “म लड्न जारी राख्नेछु ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button