तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय काम कारबाहीलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धान जोड

काठमाडौँ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संसद्का काम कारबाहीलाई प्रभावकारी बनाउँदै अध्ययन अनुसन्धानलाई जोड दिने बताउनुभएको छ ।

संघीय संसद् सचिवालयमा आज भएको पत्रकारहरूसँगको छलफलमा महासचिव पाण्डेयले सहज रुपमा सूचना प्रवाहका लागि सचिवालय सधैँ लागि पर्ने भन्दै लबी रिपोटिर्ङको व्यवस्था गर्न कार्यविधि तयार भइरहेको बताउनुभयो ।

संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै बैठक र समितिहरूका काम कारबाहीहरूलाई समान रुपमा स्थान दिएर समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयो ।  

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले गुणस्तरीय सूचना प्रवाहको माध्यमबाट पत्रकारहरूले संसद्को भूमिकालाई थप प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button