माओवादीद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केन्द्रमा नयाँ सत्ता गठबन्धन भएसँगै माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो
आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।
गण्डकीमा ११ जिल्लाका ६० जना सांसदहरु मध्ये नेकपा एमालेका २२, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना समाजवादीका सांसदहरु हुनुहुन्छ । गण्डकीमा बहुमतको सरकार बनाउन कम्तीमा ३१ सांसद आवश्यक हुन्छ ।
यसअघि, मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिंखडा पदमुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्