तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारीद्वारा धनुषाधामको धनुष मन्दिरमा पूजाअर्चना 

जनकपुरधाम । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले धनुषाको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाममा अवस्थित धनुष मन्दिरमा आज पूँजाअर्चना गर्नुभएको छ । 

उक्त अवसरमा पूर्व राष्ट्रपति भण्डारीलाई मन्दिरको महत्वका विषयमा मन्दिरका पूँजारी स्वामी भरत दासले जानकारी गराउनुभएको थियो । 

त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार भगवान् श्रीरामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएकोमा एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषाधामको सोही स्थानमा खसेको धार्मिक मान्यता रहेको छ । 

संरक्षित क्षेत्रको रुपमा रहेको सो ठाउँमा अहिले पनि अलौकिक धातु जस्तो देखिने गरेको छ । धनुषाधाम मन्दिर क्षेत्रमा प्रत्येक वर्षको माघ महिनामा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । 

पूर्व राष्ट्रपति भण्डारीसँगै पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ पनि पूजाअर्चनाका लागि धनुषाधाममा रहेको धनुष मन्दिर पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button