राष्ट्रिय सभा बैठक जारी
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जाजरकोट भूकम्प पीडितहरूलाई चाँडो आवासको प्रबन्ध गर्नुपर्ने, गम्भीर बिरामी हुँदा सडक मार्ग हुँदै आउँदा बाटोमा नै मृत्यु हुनुपर्ने अवस्थाको अन्त्य गर्न चितवन स्थित भरतपुर, विपी कोइराला क्यान्सर अस्पताल लगायतका अस्पतालहरूमा रोग पहिचानको नयाँ प्रविधि जडान गर्न र बिरामी मैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले मिटरव्याजी, लघुवित्त, सहकारी पीडितहरूको समस्या समाधान गर्न दीर्घकालीन नीति बनाउनुपर्ने, संसदमा उठ्ने विषयप्रति सरकार गम्भीर नभएको बताउनुभयो ।
सांसदहरुले संघीय सरकारले प्रदेशमा अधिकार प्रत्यायोजन गर्न आलटाल गर्न नहुने, अब आउने बजेट जनताको पक्षमा हुनुपर्ने, नागरिकले पैसा तिरेर पनि नुन र चामल किन्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्