कञ्चनपुरको शुक्लाफाँटामा गाईगोठमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहा भन्ने स्थानमा धिर्क बहादुर ऐरको गाई गोठमा आगलागी हुँदा जलेर उहाँकी १० वर्षिया छोरी सृष्टि ऐरको मृत्यु भएको छ ।
आज दिउँसो घर नजिकैको जंगलबाट टिपेर ल्याएको तेजुफल गाईगोठको भुषा राख्ने ठाउँमा लुकाउने क्रममा आफैले बोकेर लगेको लाईटरबाट सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिनुभयो ।
आगलागीबाट गाईगोठ पुर्णरुपमा जलेको छ भने मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्