तपाईँ सुन्दै हुनुहुन्छः

ट्राफिक प्रहरी  कार्यालय  पथलैयाबाट ७ महिनामा १२ करोड राजस्व सङ्कलन

बारा  । ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ७ महिनामा १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक प्रहरीले १ लाख ४१ हजार १ सय ३१ वटा नियम विपरीत सवारी चलाउने चालकहरूलाई कारबाही गरी  रु १२ करोड  १७ लाख ८७ हजार  ७ सय २ रुपैयाँ राजस्व सङ्कलन गरेको टा«फिक प्रहरी  कार्यालय  पथलैयाका उपरीक्षक भिम किरण बोगटीले जानकारी दिनुभयो । 

आर्थिक बर्ष २०८०/०८१ सालको माघ महिनासम्म महोत्तरीले १९ हजार ९ सय ७५ सवारी साधनलाई कार्यवाही गरि रु १ करोड ७१ लाख ९५ हजार २ सय ५० रुपैयाँ, बाराले १९ हजार ७ सय ९९ सवारी साधनबाट १ करोड ६३ लाख  १५ हजार राजस्व सङ्कलन गरिएको  टा«फिक प्रहरी  कार्यालय  पथलैयाले जनाएको छ । 

त्यसैगरी सिराहाले १८ हजार ७ सय १ सवारी साधनबाट रु १ करोड ५१ लाख ७० हजार १ सय, धनुषाले १६ हजार ४ सय १० सवारी साधनलाई कार्यवाही गरी रु १ करोड २४ लाख ३९ हजार ५ सय, सर्लाहीले १४ हजार ९ सय ९९ सवारी सधानबाट १ करोड ३२ लाख ९ हजार ५ सय , सप्तरीबाट  ट्राफिक प्रहरीले  १३ हजार ९ सय १८ सवारी साधनबाट कार्यवाही गरी  ९८ लाख १२ हजार १ सय राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । 

पर्सा ट्राफिक प्रहरी कार्यालयबाट १२ हजार ९ सय २७ वटा सवारी साधनको चालकलाई कार्यवाही गरि  १ करोड २९ लाख ७ सय ५२ रुपैयाँ, रौतहटले  १२ हजार ७ सय ३७  वटा सवारी साधनबाट कार्यवाही गरी १ करोड १० लाख ६५ हजार ५ सय र ट्राफिक प्रहरी कार्यालय पथलैयाबाट  ११ हजार ६ सय ६८ सवारी साधनलाई कार्यवाही गरी रु १ करोड ३६ लाख ८० हजार जरिवाना समेत सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button