नेत्रहीन राष्ट्रिय क्रिकेटको फाइनलमा कञ्चनपुर र बर्दिया भिड्ने
नेपालगञ्ज । कञ्चनपुर नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीलाई ७ विकेटले हराउँदै कञ्चनपुरले फाइनल यात्रा तय गरेको हो । अब फाइनलमा बर्दिया र कञ्चनपुर भिड्नेछन् ।

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा बाँकेको कोहलपुरमा जारी नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा लुम्बिनीले टस जितेर व्याटिङ्ग रोजेको थियो । लुम्बिनीले ६ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । कञ्चनपुरले जबाफी व्याटिङ्ग गर्दै १८.२ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । प्लेयर अफ द म्याच कञ्चनपुरका पदम बहादुर बडौला भए ।

यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै बर्दियाले फाइनल यात्रा तय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्