घरको छतबाट लडेर एक जनाको मृत्यु
चितवन । घरको छतबाट लडेर माडीमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बेलुका करिब ७ बजेको समयमा माडी नगरपालिका–३ ईनारबरुवा बस्ने ६३ वर्षीय रामनाथ महतो आफ्नै पक्की घरको एक तल्ले छतबाट लडेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि बघौडा अस्पतालमा ल्याइएकोमा
करिब ७ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्